जो रासन बेच्न युएईको जागिर छाडेर आए

सेतोपाटी

काठमाडौँ

सुनिता सिटौला

नितेश श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई) मा काम गर्थे। त्यहाँ हुँदादेखि नै उनलाई नेपाल फर्केर आफ्नै व्यवसाय गरूँ भन्ने सोच थियो। आइटी क्षेत्रमा काम गर्ने भएकाले उनी नेपालमा पनि त्यस्तै व्यवसाय सुरू गर्न चाहन्थे।

नेपालमा अनलाइन व्यापारको ठूलो सम्भाव्यता छ भन्ने उनलाई लाग्थ्यो। तर, कस्तो खालको व्यापार भनेर निधो गर्न सकेका थिएनन्।

आखिरमा उनलाई आइडिया आयो- खाद्यान्नको अनलाइन कारोबार।

काठमाडौं लगायत देशका प्रमुख सहरमा कामकाजी परिवारलाई पसल वा डिपार्टमेन्ट स्टोर चहारेर खाद्यान्न किन्न फुर्सद नहुने उनले देखेका थिए। किराना पसल गएर किन्दा गुणस्तर छुट्टयाउनदेखि भाउ मोलतोलसम्मको झन्झट थियो।

प्रकाशित मिति: : 2020-07-24 09:03:27

प्रतिकृया दिनुहोस्