लकडाउन खुले पनि पर्यटन क्षेत्रमा स्वास्थ्य मापदण्ड, कुन कुन क्षेत्रमा लागू हुन्छ ?

देशसञ्चार

काठमाडौँ-

सरकारले लकडाउन पूर्ण रुपमा खुल्ला गरे पनि पर्यटन व्यवसायहरुले सरकारले जारी गरेको आचार संहिता (प्रोटोकल) लागू गनुपर्ने भएको छ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले लकडाउन सकिए पनि कोरोनाको जोखिम यथावत नै रहेकाले उक्त प्रोटोकल लागू गर्नुपर्ने जानकारी दिएका हुन्।

उनले जबसम्म कोरोना भाइरस सामान्य अवस्थामा आउँर्दैन तबसम्म उक्त प्रोटोकल पर्यटन व्यवसायीहरुले लागू गर्नपर्ने बताए। उनले भने, ‘लकडाउन सकिएको हो। तर कोरोना भाइरस बाँकी नै छ। त्यसको सुरक्षाका लागि प्रोटोकल तयार गरिएको हो। त्यो त लागू गर्नुपर्छ।’

उनले सबैभन्दा बढी मारमा परेको व्यवसायलाई सामान्य अवस्थामा फर्काउन कोरोनासँग सुरक्षित रही व्यवसायहरु सञ्चालन गर्न उक्त प्रोटोकल तयार गरिएको बताए।

प्रकाशित मिति: : 2020-07-23 00:22:10

प्रतिकृया दिनुहोस्