भाइरल तस्विरकी महिला भन्छिन् : सामाजिक सञ्जालमा सेलाएको विषय मिडियाले उचाल्यो, कहिलेसम्म सहनु?

काठमाडौं : साउन २ गते। दिनभर निजामती किताब खानामा बित्यो उनको समय। सामाजिक सञ्जाल नचलाउने भएकाले घर फर्किएर परिवारसँग समय बिताउँदै थिइन्। अचानक कार्यालयका सहकर्मीले फोन गरे। केही आत्तिए सरह जानकारी दिए, 'तपाईंहरूको फोटो फेसबुक/ट्वीटरमा भाइरल भएको छ। हेर्नुस् त।'

ट्वीटरमा उनको खाता छैन। फेसबुक पनि बन्द गरेकी थिइन्। परिवारमै कसैको फेसबुक लग-इन गरिन्। त्यसपछि उनलाई छाँगाबाट खसेजस्तै भयो।

प्रसङ्ग उही 'सरकारी मोटरसाइकलको दुरुपयोग'वाला तस्विरको। तस्विरमा एक पुरुषले सरकारी नम्बर प्लेट भएको मोटरसाइकल हाँकेका छन्। पछिल्लो सिटमा महिला छिन्। ती महिलाले जिन्सको पाइन्ट र टिसर्ट लगाएकी छिन्। टिसर्टको केही भाग खुला देखिन्छ जसका कारण उनको ढाड देखिएको छ।

सहकर्मीसँग कार्यालयको मोटरसाइकल पछाडि बसेको फोटोमाथि अनेक टिका टिप्पणी भइरहेको थियो। त्यसमाथि उनले लगाएको लुगाको आलोचना र उनको 'चरित्र' र 'मर्यादा'माथि प्रश्न पनि।

प्रकाशित मिति: : 2020-07-22 07:45:59

प्रतिकृया दिनुहोस्