इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई हराउँदा आर्सनल एस्टन भिल्लसँग पराजित भएको छ ।
गएराति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४–० ले पराजित गर्यो । वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे।
यस्तै फिल फोडेन र आयमेरिक लापोर्टेले एक एक गोल गरे । जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलबाट ७८ अंक जोडेको छ ।
उसले उपाधि विजेता लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ । लिगमा एक खेल बाँकी छँदा लिभरपुल सिटीभन्दा १५ अंकले अगाडि छ ।
३४ अंक जोडेको वाट्फोर्ड भने १८ औं स्थानमा छ । रेलिगेनशबाट जोगिन उसले लिगको अन्तिम खेलमा आर्सनललाई हराउनुपर्ने हुन्छ ।
गएराति भएको खेलमा आर्सनललाई १–० ले हराएको एस्टन भिल्लाले भने रेलिगेशनबाट जोगिने संभावना बलियो पारेको छ ।
३७ खेलबाट ३४ अंक जोडेको भिल्ला तालिकाको १७ औं स्थानमा उक्लिएको हो । भिल्लाने लिगको अन्तिम खेलमा वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ । एजेन्सी