युवा भन्ने बित्तिकै हामी सामान्य रुपमा सोह्र वर्ष माथि र चालिस वर्षमुनिका नागरिकलाई बुझ्दछौं। युवा शब्द आफैमा प्रभाकर, आलोक अनि सर्वोत्कृष्ट छ। यसका बाबजुद नेपालले अहिलेका युवा पुस्ताबाट दुर्भाव, प्रलय अनि गतिलो झापड खेपिरहेको छ। जुन डामाडोलको पहिलो कारक तत्त्व हो।
नेपालको सन्दर्भमा हेर्ने हो भने युवा भनेका को हुन र? यिनीहरु कस्ता छन्? के गरिरहेका छन् जस्ता शब्दबाटै वेवास्ता गरिरहेका छन्। किन भने हाम्रो स्कुलिङ ब्रोटअप, संस्कार, शिक्षा प्रणालीमा कहीँ न कहिँ खराबी छ। मै हुँ भन्ने कयौं परिवर्तनकारीहरु आए गए तर पनि समाजमा समस्याहरुको जरो जस्ताको तस्तै छ।
शिक्षा, स्वास्थ, रोजगार, आर्थिक, राजनीतिक, भुराजनीतिक, संकटहरु खेपिरहँदा मन त बिरक्तिन्छ नै, त्यसमाथि शत्ताधारी दलहरुको अनिर्णय, अकर्मण्यता र निष्क्रियताले युवा पुस्ता बन्दी बनिरह्यो।
यहिँनीर आफूलाई कसरी स्थापित गर्ने? मल प्रश्न हाम्रा सामू छ।
युवा वर्गमा संयममता महत्त्वपूर्ण मानिन्छ। संयममताले नै हामी अगाडि बढ्न सक्छौं। क्रान्ति पछि युवा पुस्तामा अनुशासन पनि उत्तिकै जरुरी हुन्छ।
विकसित मुलुकमा गयौं केही फरक पाउछौं। रेलको बट्टादेखि लिएर बसको टिकटसम्म, सिटमा बस्नेदेखि ओर्लनेसम्म एउटा प्रक्रिया र अनुशासन हुन्छ। बिना टिकट कोही पनि बसमा चढ्दैनन्। यहाँसम्म कि साना साना नानीहरु पनि टिकट नकाटिकन बसमा चढ्न मान्दैनन् !
केरा खायो भने बोक्रालाई सडकमा फ्याँकिदैन, सडक जेब्रा क्रसिङदेखि लिएर यु-टर्नको नियम पालना गरिन्छ। यदि आफ्नो समय र परीक्षा छुट्दैछ भने पनि त्यो कुरामा कम्प्रमाइज गरिँदैन। टिकट छैन भने म जान्न नै भन्छन्। यदि कसैले खाने कुरा सडकमा फ्याँकिदिन्छ भने उसलाई जरिवाना हुन्छ।
अर्को एउटा उदाहरण लिउँ यदि कुनै ट्याक्सी ड्राइभर बदमासी गरिरहेको छ भने उसलाई दुई पटक मौका दिइन्छ। तेस्रो पटक उस्को लाइसेन्स खारेज गरिन्छ। त्यहाँको सरकारले उसको लाइसेन्सलाई काम नलाग्ने गराउँदा गराउँदै पनि ट्याक्सी चलाउने अवधिभर लाइसेन्स पु:न काम लाग्ने गराउँछ। यदि त्यो लाइसेन्सलाई सधैभरी काम नलाग्ने गरियो भने त्यसको बोझ राज्यलाई हुन आउँछ। किन भने उसलाई बेरोजगार भत्ता दिनुपर्ने हुन्छ।
ट्याक्सी ड्राइभरलाई लाइसेन्स लिएर सहरमा घुम्न जाने अनुमति हुँदैन। एउटा निश्चित समयमा मात्र प्रयोग गर्न पाउँछ। जस्तो टेन टु फाइभ वा अरू समय। ऊ त्यही समयमा कमाउँछ खान्छ र राज्यलाई ट्याक्स भर्छ। तर जीवनभर उसले लाइसेन्सको इन्जोइमेन्ट लिन पाउँदैन।
यसरी मान्छेलाई अनुशासनको दायरामा राखिन्छ। कुनै सामान किन्न गयो भने लाइनमा बस्नुपर्ने हुन्छ। तर हाम्रोमा स्थिति फरक छ।
लोकतन्त्रमा मानव सिद्धान्तहरु हुन्छन्। तीनलाई हामीले अवलम्बन गर्नुपर्ने हुन्छ। जसले जवाफदेहिता, पारदर्शितालाई केन्द्रमा राखेको हुन्छ। जस्तो हामीलाई सडकमा हात हल्लाउँदै हिड्ने अधिकार हुन्छ तर अरुलाई ठेस लगाउन मिल्दैन।
यहाँ योग्यताको ख्याल गरिँदैन। पहुँच र पावरको आधारमा अयोग्यहरुको भीड लगाइन्छ। जस्तो परराष्ट्र मन्त्री हुनको लागि परराष्ट्रविद् हुनु पर्दैन, शिक्षा मन्त्री हुनको लागि शिक्षा विद् हुनु पर्दैन, अर्थमन्त्री हुनको लागि पनि अर्थशास्त्री हुनु पर्दैन। स्कुलको प्र.अ हुनको लागि योग्यता चाहिदैन, पावर चाहिन्छ। समस्या यहिँनेर छ।
लो कतन्त्रको नाममा ब्रान्ड खडा भएको छ। धनाड्यको श्रीमती भयो भने समानुपातिक सांसद हुन पाइन्छ। प्रधानमन्त्रीको छोरा, छोरी, बुहारी भयो भने मन्त्री खाइन्छ। नेता चिल्ला गाडी चड्छन तर सडक खराब हुन्छन्।
एउटा शिक्षक आफू सामुदायिक विद्यालयको प्रअ हुन्छ तर उसका छोराछोरी बोर्डिङ पढ्छन्। नेताहरु उपचार गर्न विदेश जान्छन्। सर्वसाधारणका लागि अस्पताल मृत्युलोक भन्दा बढी हुँदैनन् भने त्यो राष्ट्र सफल या असफल सजिलै जज गर्न सकिन्छ।
यति धेरै थोक विकृति देखेका हामी चुँ बोल्दैनौं। यहिँनीर बोल्ने कसरी? नेतृत्व विकास कसरी गर्ने? लगायतका प्रश्न महत्त्वपूर्ण हुनेछन्। जसका लागि समाज, राजनीति र यसको चरित्र बुझ्नुपर्ने हुन्छ, जुन हामी गर्न सकिरहेका छैनौं।
हाम्रो एउटै लक्ष्य छ, केही गरि एउटा डिग्री लिने, आएल्ट्स पास गर्ने अमेरिका, युरोप हानिने। अधिकांशको मस्तिष्कमा यही कुरा खेलिरहेको छ। यसले हामीलाई हामी हुनबाट बन्चित गरिरहेको छ।
हामी आफ्नो देश प्रलयको कारक बन्न पुग्छौं। एउटा नेपाली युवक इराकमा काटिन्छ, एउटी युवती बङ्गलादेशमा पढ्दा चरित्रमा प्रश्न उठ्छ। हामी मौन बस्छौं।
के सडकमा चुरोट पिउनु सभ्यता हो? आडम्बर सभ्यता हो कि विनयशिलता? क्याम्पसको गेटमा दादागिरी गर्नु उचित हो? आज किन हामी त्यो ठाउँमा छौं? कसले हामीलाई यस्तो बनायो? किन यस्तो अवस्था आइरहेको छ? नेपाल र नेपालीले गौरव गर्ने कुरा के छ? दुराचार, अराजनीति, कुसंस्कार, कशासन र भ्रष्टाचार कसले रोक्ने?