करण र महेश भट्टमाथिको आरोप पुष्टी नभए कंगनाले पद्म श्री अवार्ड फिर्ता गर्ने

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा करण जौहर र महेश भट्टमाथि आक्रोसित भएकी चर्चित अभिनेत्री कंगना रनोटले आफ्नो दावी झुटो प्रमाणित भए भारतको सबैभन्दा ठूलो अवार्ड पद्म श्री राज्यलाई फर्काइदिने चुनौति दिएकी छिन्। 

भारतमा पद्म श्री अवार्ड जनतालाई दिइने सबैभन्दा सम्मानित पुरस्कार हो। कंगनाले सुशान्तको आत्महत्यामा बलिउडका दुई निर्माता–निर्देशक करण र महेशको ठूलो हात रहेको दावी गर्दे आइरहेकी छिन्। उनले यी दुई व्यक्तिले सुशान्तलाई आत्महत्या गर्न उकासेको आरोप लगाएकी थिइन। 

उनले पुरानो केही लेख र भिडियो प्रस्तुत गर्दै सुशान्तले बलिउडमा लगातार अस्विकार र दबाव महसुस गरिरहेको बताएकी छिन्। कंगनाका अनुसार सुशान्तको आत्महत्या नियोजित हत्या थियो। 

मुम्बईबाट सञ्चालन हुने रिपब्लिक टिभीलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘मुम्बई प्रहरीले मलाई बोलाएको थियो। तर, म मनालीमा थिए। 

त्यसैले मैले मेरो भनाई लिन कसैलाई पठाइदिन आग्रह गरेको थिए। तर, यसपछि मलाई कुनै फोन आएन। म जुन कुरामा स्पष्ट छु, यदी मैले प्रमाणित गर्न सकिन भने पद्म श्री राज्यलाई फर्काइदिन्छु।’

कंगनालाई २०२० मा देशको चौथो सबैभन्दा ठूलो पद्म श्री अवार्डबाट सम्मानित गरिएको थियो। सुशान्तले १४ जुनमा आत्महत्या गरेका थिए।

प्रकाशित मिति: : 2020-07-18 16:44:06

प्रतिकृया दिनुहोस्