स्टोक्स र सिब्लेको शतक, इंग्ल्यान्ड बलियो स्थितिमा

स्टार अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिब्लेले शतक प्रहार गरेसँगै पाहुना टोलि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले उच्च योगफल बनाएको छ।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको छ।

इंग्ल्यान्डका लागि स्टोक्स ३ सय ५६ बलमा १७ चौका र २ छक्का सहित १ सय ७६ रन बनाए। स्टोक्सले २ सय ५५ बलमा आफ्नो टेष्ट करिअरको दशौं शतक पूरा गरेका थिए।

रोस्टन चेशलाई रिभर्स स्विप सटमा चौका प्रहार गर्दै स्टोक्सले शतक पूरा गरेका थिए। सिब्ले ३ सय ७२ बलमा ५ चौका सहित १ सय २० रन बनाए।

सिब्लेले ३ सय १२ बलमा आफ्नो दोस्रो टेष्ट शतक पूरा गरेका थिए। जुन सन् २००० मा माइकल एथर्टन पछि इंग्ल्यान्डका ब्याट्सम्यानले बनाएको सबैभन्दा ढिला शतक पर्दछ।

यता जोस बट्लरले ४० रन जोड्दा डम बेस ३१ रनमा अविजित रहे। कप्तान जोय रुटले २३ र रोरी ब्रुन्सले १५ रन बनाए।

वेष्ट इन्डिजका रोस्टन चेसले ५ तथा केमार रोचले २ विकेट लिए।

पहिलो टेष्ट गुमाएको इंग्ल्यान्डलाई दोस्रो टेष्ट जित्नै पर्ने दबाब रहेको छ। पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: : 2020-07-18 05:29:59

प्रतिकृया दिनुहोस्