च्याम्पियन्स लिगमा छनोट हुने युनाइटेडको सम्भावना कायमै

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ।

अवे मैदानमा शीर्ष चारको दाबेदार क्लब युनाइटेडले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।

क्रिस्टलको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

खेलको ५५ औं मिनेटमा क्रिस्टलका जोर्डन एयुले गोल गरेका थिए। तर, भीएआरले उनको गोललाई अफसाइड दियाे।

त्यसपछि खेलको ७८ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए।

जितसँगै युनाइटेडले लिगको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ। पाँचौ स्थानको युनाइटेडले ३६ खेलमा ६२ अंक जोडेको छ।

पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-17 06:34:07

प्रतिकृया दिनुहोस्