राष्ट्र बैंकले भन्ने पैसाको कथा

तपाईंको हातमा भएको पाँचदेखि हजारसम्मको कागजी नोट केही होइन, राष्ट्र बैंकले रचेको कथा हो। नोट मात्रै होइन सिक्का पनि कथा हुन्। नोट र सिक्काजस्तै प्रयोगमा ल्याउन सकिने अरू कागजात पनि कथा नै हुन्।

त्यो कथा पत्याउनेले ती मुद्रा र मुद्रासरहका वित्तीय औजारलाई स्वीकार गर्छन्। राष्ट्र बैंकले हालेको कथा सामान्यतया नेपाल सरहदभित्र मात्र पत्याइन्छ। दक्षिणतर्फको छिमेकी मुलुकका सीमावर्ती बजार र हटियाहरूमा पनि राष्ट्र बैंकको कथाह मान्नेहरू नभेटिने होइनन्। उत्तरतर्फ खासा बजारमा भुइँचालो अघिसम्म सर्वसाधारण नेपालीले राष्ट्र बैंकको कथा बेचेका थिए।

प्रकाशित मिति: : 2020-07-16 16:44:53

प्रतिकृया दिनुहोस्