भीआईपीहरूको उपचारमा मात्रै ९ करोड ८० लाख सकियो, एकै व्यक्तिलाई ३० लाखसम्म बाँडियो !

लोकान्तर

काठमाडौं

सरकारले भीआईपीहरूको उपचारमा मात्रै गत आर्थिक वर्ष २०७५/०७६ मा ९ करोड ८० लाख ८८ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । 

मुलुकभरीका १ सय ७४ नागरिकलाई उपचारका लागि भन्दै सरकारले ५० हजारदेखि ३० लाखसम्म वितरण गरेको पाइएको हो । 

महालेखा परीक्षकको ५७ औं प्रतिवेदन अनुसार सरकारले विभिन्न घटनामा उपचारबापत रु. ३३ लाख ७ हजार र संस्थागत अनुदान रु.२ करोड ९१ लाख समेत कुल रु.१३ करोड ४ लाख ९५ हजार वितरण गरेको छ । 

यस्तै  सरकारले समाजिक र राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका व्यक्तिका लागि बढीमा रु.७ लाखसम्म आर्थिक सहायता दिन सकिने व्यवस्था भएकोमा सीमा नघाई एकै व्यक्तिलाई रु.३० लाखसम्म आर्थिक सहायता प्रदान गरेको पाइएको छ ।

प्रकाशित मिति: : 2020-07-16 16:43:36

प्रतिकृया दिनुहोस्