प्रिमियर लिगको समर ट्रान्सफर विन्डो जुलाई २७ बाट खुल्ने

 इंग्लिस प्रिमियर लिग फुटबलको ग्रीष्मकालीन खेलाडी किनबेच (समर ट्रान्सफर विन्डो) जुलाई २७ बाट खुल्ने भएको छ।

युरोपेली क्लब फुटबलको सबैभन्दा लोकप्रिय रहेको प्रिमियर लिगको समर ट्रान्सफर विन्डो जुलाई २७ बाट खुल्ला भएर अक्टोबर ५ मा बन्द हुनेछ।

‘वर्तमान सिजन अन्त्य भएपछि सुरु हुने विन्डो १० हप्ता चल्नेछ। जुलाई २७ मा सुरु हुने विन्डो अक्टोबर ५ सम्म चल्नेछ,’ प्रिमियर लिगले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।

क्लबहरुले समर ट्रान्सफर विन्डो अक्टोबर ५ अघि सक्नुपर्नेछ। तर शीर्ष डिभिजनका क्लबले दोस्रो डिभिजनका क्लबबाट खेलाडी अनुबन्धन गर्न भने थप ११ दिनको समय प्राप्त गर्नेछन्। 

घरेलु ट्रान्सफर विन्डो भने अक्टोबर १६ सम्म चल्नेछ।

‘घरेलु विन्डो अक्टोबर ५ देखि अक्टोबर १६ सम्म अपरान्ह ५ बजेसम्म चल्नेछ,’ बिज्ञप्तीमा भनिएको छ।

तर यस विन्डोको दौरान प्रिमियर लिग क्लबले इंग्लिस क्लबसँग मात्र ब्यापार गर्न पाउनेछन्।

प्रकाशित मिति: : 2020-07-15 16:52:07

प्रतिकृया दिनुहोस्