जसले विद्यार्थीहरूका निम्ति बनाए क्यान्टिनसहितको 'पढ्ने कोठा'

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

प्रियंका न्यौपानेलाई पढ्न शान्त वातावरण चाहिन्छ। भारतमा 'सिए' पढ्दा कोठामा बसेर अध्ययन गर्न उनलाई गाह्रो हुन्थ्यो। ध्यान केन्द्रित नै नहुने। यो समस्याबाट छुटकारा पाउन उनी 'स्टडी रुम' जान्थिन्।

'स्टडी रुम' अर्थात् पढ्ने कोठा, जहाँ विद्यार्थीलाई लेखपढ गर्न सहज शैक्षिक वातावरण हुन्छ। त्यहाँ उनीजस्ता अरू विद्यार्थी पनि हुन्थे। अरूले पढेको देखेपछि उनलाई पनि जाँगर आउँथ्यो। भोक लागे खानपिनको सुविधा त्यहीँ। उनी ढुक्कले पढ्न पाउँथिन्।

कलेज छुट्टीमा नेपाल आउँदा भने उनलाई समस्या हुन्थ्यो। उनले काठमाडौंमा पनि पढ्ने कोठा खोजिन्, पाइनन्।

त्यही बेला उनलाई लाग्यो- यो सुविधा यहाँ पनि ल्याउनुपर्ने रहेछ।

प्रकाशित मिति: : 2020-07-15 09:46:14

प्रतिकृया दिनुहोस्