परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिन्न

प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्याबारे अभिव्यक्तिमाथि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।

परराष्ट्रले भने प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको बताएको छ । ‘प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र साँस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन’ विज्ञप्तिमा भनिएको छ ।

साथै विवाह पञ्चमीमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने तथा २०१८ मा दुुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।’

 

 

 

प्रकाशित मिति: : 2020-07-14 19:04:50

प्रतिकृया दिनुहोस्