प्रताप दासको स्वरमा 'फोटो फिरिममा' सार्वजनिक

गायक प्रताप दासको स्वरमा 'फोटो फिरिममा' गीत युट्युबमा सार्वजनिक भएको छ। प्रतापको स्वरमा सार्वजनिक हुनु झन्डै ३ महिनाअघि उक्त बोलको गीत गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको थियो। गीतमा गीतकार तथा कलाकार शिशिर भण्डारीको शब्द र संगीत छ। भीडिओको कन्सेप्ट पनि उनैको हो।

शिशिर भण्डारी आफैं भिडिओमा देखा परेका छन्। उनीसँगै भिडिओमा कलाकार रिस्ता बस्नेत, निक्स शर्मा, श्रद्धा गौतम, निरायु गौतम, निर्मल न्यौपाने र प्रविण भट्टको अभिनय रहेको छ। भिडिओमा शिशिर र रिस्ताको सम्बन्ध देखाएको छ।

उक्त भिडिओमा रिस्ताको मनोरञ्जन क्षेत्रप्रतिको रुचि देखाएको छ भने उनले यसै क्षेत्रका लागि आफ्नै सम्बन्ध बिगार्न पनि तयार भएको देखाएको छ। भिडिओको सेटिङअनुसार शिशिर जेलमा कैद छन्। उनी कुन कारणले जेल पुगे खुलस्त देखाइएको छैन। तर भिडिओ 'हामी फेरि आउँनेछौं'मा सकिन्छ। सागरबाबु भट्टको निर्देशन रहेको 'फोटो फिरिममा' मुस्कान दहालले निर्माण गरेका हुन्।

सोमबार सार्वजनिक यो गीत अहिले ट्रेन्डिङमा छ। 

प्रकाशित मिति: : 2020-07-14 17:25:29

प्रतिकृया दिनुहोस्