ओली–प्रचण्डबीच छलफललाई निरन्तरता दिने समझदारी

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । ६ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा छलफलबाटै निकास दिने कुरामा समझदारी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

दुई अध्यक्षबीच असार २४ यता भेटवार्ता भएको थिएन। आजको भेटवार्तामा दुवै अध्यक्ष छलफललाई निरन्तरता दिन राजी भएको र भोलि पनि भेट हुने सापकोटाले जानकारी दिए ।

असार १४ को अभिव्यक्तिपछि नेकपा विवाद विभाजनको जोखिमबाट गुज्रिइरहेको छ । दुई अध्यक्षबीचको संवादले फुटको जोखिम टारेको भए पनि विवाद भने ज्युँ का त्युँ रहेको बताइएको छ।

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामाको विषयले मुख्य स्थान लिएपछि नेकपा स्थायी कमिटी अवरूद्ध भएको छ । साउन २ गतेसम्म स्थगित  छ।

प्रकाशित मिति: : 2020-07-14 14:22:13

प्रतिकृया दिनुहोस्