के माया लाग्छ र? मेरो याद आउँछ र?

सेतोपाटी

काठमाडौँ

प्रभाकर गौतम

कलाकार हरिवंश आचार्य, श्वेता खड्का, स्वस्तिमा खड्का जस्ता चर्चित कलाकारले हालै एउटा गीतमा टिकटक बनाए। उनीहरूका भिडिओ धेरै दर्शकले मनपराए। केटाकेटी, युवा र पाका उमेरसम्मका सर्वसाधारणले पनि यो गीतमा आफ्नो टिकटक बनाउन थालेका छन्। 

धेरैको रोजाइमा परेको गीतले भन्छ-

के माया लाग्छ र?

उख्खुमै लाग्छ नि।

मेरो याद आउँछ र?

हुरहुरी आउँछ नि... 

गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा रहेको यो गीतले सार्वजनिक भएको दुई सातामै बीस लाख युट्युब भ्युज काटिसकेको छ। अंकितबाबु अधिकारीको संगीत र नवीन चौहानको निर्देशनमा बनेको भिडिओमा कलाकार मुकुन भुसाल र सुरबिना कार्कीको अभिनय देख्न पाइन्छ।

प्रकाशित मिति: : 2020-07-10 09:49:12

प्रतिकृया दिनुहोस्