हरिसिद्धिका महिलाले जब सडकमै रोपे धान (भिडियाे र तस्बिरसहित)

शनि शाक्य

ललितपुर

सडक पिच गर्नुपर्ने मागसहित ललितपुरको हरिसिद्धिका महिलाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन्। ‘गुमज महिला समूह’ को आह्‍वानमा सोमबार हरिसिद्धिका विभिन्‍न महिला समूहले सडक पिच गर्नुपर्ने मागसहित विरोध प्रदर्शन गरेका छन् ।

गुमज चोकमा बाटो अवरुद्ध गर्दै नाराबाजी गर्नुका साथै हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएका हुन्। आन्दोलित महिलाहरुले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायत नारा लगाएका थिए । साथै आन्दोलित महिलाहरूले विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2020-07-06 12:10:15

प्रतिकृया दिनुहोस्