रुससँग २ अर्ब ४३ करोड अमेरिकी डलर बराबरकाे ४२ वटा फाइटर जेट किन्दै भारत

भारतको रक्षा मन्त्रालयले २० वटा रुसी मिट २९ र १२ वटा सुखोई एसयु–३० एमकेआई फाइटर जेटहरु किन्ने भएको छ। 

चीनसँगको विवाद चर्कदै जाँदा भारतले आफ्नो हवाई सेनामा थप्न आँटेकाे हाे।  यी विमानहरुको मूल्य २ अर्ब ४३ करोड अमेरिकी डलर पर्दछ।

त्यसो त सन् २०१६ मा नै फ्रान्ससँग सम्झौता गरिएको ३६ वटा राफल फाइटर जेटहरु पनि भारतीय हवाई सेनामा थपिँदैछ। ती ३६ वटा जेटका मूल्य ८ अरब ७८ करोड अमेरिकी डलर छ।

चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ। यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू बिमान र अन्य उपकरण तैनाथ गर्नेक्रम जारी छ। 

गत हप्ता मात्रै भारतले चीनका ५९ वटा मोबाइल एप्लिकेसनहरुमाथि प्रतिबन्ध लगाइसकेको छ। 

Azerbaijan in Talks to Buy Next-Generation Military Aircraft From ...

भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एपका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ। 

त्यसैगरी, भारतले चीन लक्षित केही आर्थिक प्रतिबन्धहरु घोषणा गरेको छ। चीनबाट आयात भएका तर भारतका ठूला फर्मास्युटिकल उद्योगका लागि चाहिने कच्चा पदार्थ ठूलो मात्रामा भारतीय भन्सारमा थन्किएका छन्। 

चीन र भारतबीचको वार्षिक द्विपक्षीय व्यापार ९२ अरब अमेरिकी डलर बरारबरको छ।

तर भारत सरकारले आफ्ना विद्यृत गृहका लागि आवश्यक उपकरणहरु चीनबाट खरिद नगर्ने तथा नयाँ सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीलाई काम नदिने निर्णय समेत गरेको छ।

शुक्रबार नै चीनले द्विपक्षीय सम्बन्धलाई कृत्रिम प्रतिबन्ध लगाउने भारतका त्यस्ता कदमले भारतीय स्वार्थलाई नै नोक्सान पुर्याउने जनाउँदै दुवै मुलुकले सीमाक्षेत्रमा शान्ति कायम गर्न सहकार्य गर्नुपर्ने बताइसकेको छ।

साथै, ‘भारतमा चीनको व्यवसायिक अधिकार रक्षाको लागि बेइजिङले आवश्यक कदमहरु चाल्ने’ चेतावनी पनि शुक्रबारको प्रेस भेटघाटमा चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले दिइसकेका छन्।

प्रकाशित मिति: : 2020-07-04 06:10:03

प्रतिकृया दिनुहोस्