
विक्रमवीर थापा
नेपाली साहित्य जगतमा कवि हरिभक्त कटुवालको गरिमामय स्थान भएपनि उनकै निजी डायरीलाई लिएर लेखिएको अनुसन्धानात्मक पुस्तक ‘हत्या रातो डायरी’को सन्दर्भमा भारतेली-नेपालीहरू ‘बाहिर पनि बोक्रे, भित्र पनि खोक्रे’ भएका छन्।
आजभन्दा २८ वर्ष अगाडि सन् १९९४ मा प्रकाशित ‘हत्या: रातो डायरीको’ पुस्तकलाई आजसम्म गोर्खालीहरू (एकाध छाडेर)ले कहिल्यै खोजी गरेनन्।
यो पुस्तक कटुवालको निजी डायरीबारे लेखिएको पुस्तक हो। जुन डायरीलाई लिएर हरिभक्त कटुवाल जीवनको अन्तिम चरणमा आफ्नी जेठी छोरी कविताको अगाडि धुरुधुरु रोएका थिए।
यो डायरी भेटिए कतै आफ्नो नाम यो डायरीभित्र भेटिने त होइन भन्ने डरमा नेपालका नेपालीहरू, विशेष साहित्यकारहरूले डायरीबारे त्यसै पनि बोलेेका छैनन्- भनिन्छ।
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले नै कुनै समय मलाई चिट्ठीमा लेख्नुभएको छ, ‘यो पुस्तकमा मेरो पनि नाउँ आउँछ कि भनेर डराइरहेको थिएँ, आएनछ।’
डायरीबारे चिट्ठीमा धेरै कुरा छन्। तर म स्वयम् बिरामी भएकोले उहाँको चिट्ठी यहाँ प्रस्तुत गर्न सकिनँ। (चिट्ठी खाेज्नुपर्छ)
भारतका गोर्खालीको कुरा गर्दा मैले विशेष असमका गोर्खालाई सम्झनुपर्छ कारण हरिभक्त कटुवाल असमका हुन्।
यसकारण असमका गोर्खाले कवि कटुवालको डायरीलाई सम्झनुपर्ने हो। यसप्रति जिज्ञासा राख्नुपर्ने हो। तर सम्झन्छन् बोक्रे रूपमा।
यीनको जयन्तीमा ‘यो देशको माटोले भन्छ, यो देशको ढुंगाले भन्छ’ भन्दै असमका गोर्खाहरूले बोक्रे गीत गाउँछन्।
कटुवालबारे लम्बे-लम्बे भाषण छाँटछन् साहित्यकारहरूले तर भाषणमा कटुवालको निजी डायरीबारे कुरा निकाल्दैनन्। यसैले कटुवालको निजी डायरीले दोस्रो संस्करणको रूप अझसम्म लिनसकेको छैन।
सबै भारतेली-नेपालीहरू छन्, ‘बाहिर पनि बोक्रे भित्र पनि खोक्रे।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया