प्रचण्डको आग्रह : सरकारले डेलिभरी दिन सकेन, अब तपाईं हट्नुस्
बैठक सुरु हुनअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए । ओली आउन ढिलाइ भएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए । प्रचण्डले बोल्दाबोल्दै ओली बैठकमा प्रवेश गरेका थिए । ओलीतर्फ लक्षित गर्दै प्रचण्डको भनाइ थियो, ‘मैले वैशाखमा बसेको सचिवालयको बैठकमा पनि तपाईंको राजीनामा मागेको हुँ, अहिले पनि माग्छु । सरकारले डेलिभरी दिन सकेन, कम्युनिस्ट आन्दोलन नै बदनाम भयो, देशभित्रका जनताले र पार्टीका नेताले राजीनामा मागेका छन् । तर, तपाईं भारतले हटाउन खोज्यो भनेर देश र जनताको अवहेलना गर्दै हुनुहुन्छ, सबै स्थिति हेर्दा तपाईं हट्दा राम्रो हुन्छ, हट्नुस् ।’
ओलीको जवाफ : मैले भारतको आलोचना गर्दा तपाईंलाई दुख्नुपर्ने कारण के छ?
ओलीको जवाफ थियो, ‘तपार्इंहरूले मेराविरुद्ध मोर्चाबन्दी गर्नुभएको छ, खुमलटारमा बसेर रणनीति बनाएर यहाँ आउनुहुन्छ । भारतीय मिडियामा त्यही भाषामा समाचार आइरहेका छन् । दुवैतर्फको भाषा कसरी हुबहु मिल्छ ? प्रचण्डले ओलीको राजीनामा मागे भनेर त दिल्लीकै मिडियाले भनिरहेका छन् नि । मैले भारतको विषयमा बोल्दा तपाईंहरूलाई दुख्नपर्ने कारण के छ ?