कालीमाटीबाट स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त, कालीमाटीकाे टाेलीले सोमबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १४ कुलेश्वरबाट ६५ लाख ८ हजारसहित २ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय भारतीय नागरिक रविशंकर सिंह र बारा जीतपुरका ४७ वर्षीय रमेश सिंह रहेका छन्।
हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका एसएसपी श्याम ज्ञवालीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरूको खानतलासी गर्दा ६५ लाख आठ हजार बरामद गरेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ।