दाङको एक निजी अस्पतालमा एक महिलालाई पुरै नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलिले बबइ गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए।
घोराहीको लुहासुरस्थित गोर्खा हस्पिटलमा पुगेकी घोराही १ कि १९ वर्षीया महिलाको एक्सरे गर्ने क्रममा अस्पतालका टेक्निसियन डाँगीले नाङ्गो बनाएकाे भन्दै महिलाका आफन्तले प्रहरीमा उजुरी गरेका थिए।
महिला एक्सरे गराउन गएपछि अस्पतालमा काम गर्ने टेक्निसियन डाँगीले दुब्र्यवहार गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएपछि पक्राउ गरिएको एसपी चन्दले बताए।
घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।