कहिले खुल्ला नेपालीका लागि काठमाडौैंस्थित अमेरिकी दूताबास ?

अमेरिकीका लागि काठमाडौैंस्थित अमेरिकी दूताबास खुल्लै भए पनि नेपालीका लागि अझै खुलेको छैन। गत मार्च २० देखि नेपालीका लागि भौतिक रूपमा उपलव्ध नभएको दूताबास केही सिमीत सेवाका लागि भने भर्चअल्ली खुल्लै रहेको बताइन्छ। 

नेपालीका लागि अमेरिकी दूताबासको काम भनेको मूलत: कन्सुलेट सेवा नै हो। तर त्यही सेवा नेपालीले मार्च यता पाएका छैनन्। र, कहिलेदेखि पाउँने हुन् ? , त्यसको पनि कुनै सुनिश्चितता छैन। 

काठमाडोैंस्थित दूताबासले अप्रिल २३ पछि भिसा म्याद सकिने भिसाको म्याद थपिदिने निर्णय गरेको छ। त्यसका लागि सम्बन्धित व्यक्तिले दूताबासको वेभसाइटमा राखिएको फर्म भर्नुपर्ने बताइएको छ। यसरी फर्म भर्नेका हकमा कन्सुलेट सेवा सुचारु हुनासाथ नयाँ भिसा दिन सकिने बताइएको छ। यसबाट डीभी परेर भिसा पाइसकेका ' भाग्यमानी'लाई चाँहि ठूलो राहत मिलेको छ।

यस बारेमा काठमाडोैंस्थित अमेरिकी दूताबासका एक अधिकारी भन्छन्, हामी अमेरिकी विदेश विभागको आदेश पर्खिरहेका छौं । उनीहरूको आदेश आउने वित्तिकै हामी सेवा सुचारू गर्नेछौं। ' उनले अगाडि भने, 'अहिले पनि इमर्जेन्सी सेवा भने उपलव्ध छ। अत्यावश्यक  सेवा चाहिएको अवस्थामा हामी मानवीय सेवा गर्न सधैं तयार नै छौं।'

कोरोना प्रकोपका कारण अमेरिकाले आपतकालिन अवस्थाको घोषणा गर्दै संसारभर रहेका अमेरिकी मिशनहरू बन्द गर्ने घोषणा गरेको थियो। अझै पनि अमेरिकी मिशन खुलेका छैनन् । नेपालका लागि मात्रै कन्सुलेट सेवा बन्द भएको हैन। 

यसैबीच  काठमाडोैंस्थित दूताबासले अप्रिल २३ पछि भिसा म्याद सकिने भिसाको म्याद थपिदिने निर्णय गरेको छ। त्यसका लागि सम्बन्धित व्यक्तिले दूताबासको वेभसाइटमा राखिएको फर्म भर्नुपर्ने बताइएको छ। यसरी फर्म भर्नेका हकमा कन्सुलेट सेवा सुचारु हुनासाथ नयाँ भिसा दिन सकिने बताइएको छ। यसबाट डीभी परेर भिसा पाइसकेका ' भाग्यमानी'लाई चाँहि ठूलो राहत मिलेको छ।

प्रकाशित मिति: : 2020-06-29 05:00:41

प्रतिकृया दिनुहोस्