हल नखुलेर के भो, नेपाली फिल्म हेर्न घर-घरमै 'सिनेमा घर'

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

अमिताभ बच्चन र आयुष्मान खुराना अभिनीत 'गुलाबो सिताबो' अहिले चर्चामा छ। भारतमा लकडाउनका कारण नयाँ फिल्म स्थगित गरिएका बेला दर्शकहरूले लामो समयपछि निर्देशक सुजीत सिरकरको कमेडी-ड्रामा 'गुलाबो सिताबो' हेर्न पाएका छन्।

यो फिल्म सिनेमा हलमै रिलिज गर्ने भनेर खुब प्रचारप्रसार गरिएको थियो। कोरोना महामारीका कारण हलहरू कहिले खुल्ने टुंगो भएन। निर्माताहरूले धेरै समय धैर्य गर्न सकेनन्। अन्तत: अमेजन प्राइम भिडिओमार्फत् संसारभरि अनलाइन रिलिज गरियो।

यही सूचीमा आउँछ सुशान्त सिंह राजपुतको अन्तिम फिल्म- 'दिल बेचारा'।

केही साताअघि असामयिक मृत्युपछि सुशान्तको चर्चा चुलिएको छ। उनको अन्तिम फिल्म यही बेला रिलिज गर्नु व्यावसायिक दृष्टिले उपयुक्त निर्णय हो। त्यही भएर हुनसक्छ, यो फिल्म जुलाई २४ तारिखमा सिधै अनलाइन रिलिज गर्ने घोषणा गरिएको छ। संसारभरिका दर्शकले डिज्ने प्लस हटस्टारमा यो फिल्म नि:शुल्क हेर्न पाउने छन्।

प्रकाशित मिति: : 2020-06-28 10:23:12

प्रतिकृया दिनुहोस्