विश्वविद्यालयका परीक्षा सुरु गर्न सिफारिस : विश्वविद्यालयलाई भर्चुअल कक्षा र परीक्षाका विषयमा निर्देशन दिने शिक्षा मन्त्रालयको तयारी

भवानीश्वर गाैतम

विश्वविद्यालय अनुदान आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ । आयोगले पहिलो प्राथमिकता पारम्परिक परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको हो ।

शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा गठन गरेको समितिले कोभिड–१९ महाव्याधीले सिर्जना गरेको अवस्थालाई सम्बोधन गर्दै नेपालका विश्वविद्यालयहरूमा इ–सिकाइ तथा परीक्षा प्रणाली व्यवस्थित गर्न बनेको निर्देशिका–२०७७’ शिक्षा मन्त्रालयलाई बुझाएको छ । सोही निर्देशिकाको सिफारिसका आधारमा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले आयोग र विश्वविद्यालयलाई भर्चुअल कक्षा र परीक्षाका विषयमा निर्देशन दिने तयारी गरेका छन् । निर्देशनपछि विश्वविद्यालयका प्राज्ञिक परिषद्ले आवश्यक निर्णय गरी पठनपाठन र परीक्षाका विषयमा छुट्टै निर्णय गर्नुर्पेछ । 

 

प्रकाशित मिति: : 2020-06-28 08:33:37

प्रतिकृया दिनुहोस्