मोरङ र डडेल्धुरामा २ जना मृतअवस्थामा फेला

मोरङ र डडेल्धुरामा २ जना मृतअवस्थामा फेला परेका छन् । 

मोरङको रतुवामाई नगरपालिका-५ अधिकारी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार बिहान मृतअवस्थामा फेला परेका छन् ।

यसैगरी डडेल्धुराको पर्शुराम नगरपालिका-५ पुर्तोलीस्थित महाकाली नदीको किनारमा  हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीया र २२ वर्षीया महिला शनिबार बिहान मृतअवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

प्रकाशित मिति: : 2020-06-27 18:29:18

प्रतिकृया दिनुहोस्