ट्रम्पका साथी रोजर स्टोनलाई जेल चलान गर्न अदालतको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार तथा साथी रोजर स्टोनलाई जुलाइ १४ सम्ममा कारागार पुर्याउन अदालतले आदेश दिएको छ।

 संघीय अदालतले शुक्रबार रोजरलाई कारागार लैजान आदेश दिएको हो। 

२०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेप बारे अनुसन्धानको क्रममा झुट बोलेको लगायत मुद्दा उनीमाथि थियो। अमेरिकी जिल्ला न्यायाधीश एमी बरम्यान ज्याक्सनको इजलासले उनलाई ४० महिनाको जेल सजाय तोकेको हो।

स्टोनको झुट लोकतन्त्रका लागि खतरा रहेको फैसलाको क्रममा सुनाइएको थियो। जस अनुसार रोजर स्टोनलाई ३ वर्ष ४ महिनाको जेल सुजाय सुनाइएको हो।
 

प्रकाशित मिति: : 2020-06-27 13:28:50

प्रतिकृया दिनुहोस्