कति भयानक हुँदोरहेछ याद।
याद एउटा कारागार हो
यसमा कैद भएपछि
भोग्नुपर्छ
यातना, शोषण, दमन र हिर्काइहरु।
बहिरहने हावा जस्तै यादहरूले
एक झोंका यातना थमाइ राखेर बहदो हो
तब कति दुर्बल ठहरिन्छ मानिस
सुम्सुमाइरहन्छ, थमाइएको यातना!
यादले त गरिरहन्छ
शोषण र दमन,
शोषित भइरहने मुटुहरू कति कमजोर!
स्वाम-स्वाम हिर्काइएपछि
यादका कोर्राहरुले,
पटपट फुट्छ शरीर
बग्छ भेल रगतको;
अविरल बगिरहन्छ आँसु।
जस्तै जे भए पनि
प्राणभन्दा प्यारो हुन्छ- याद।