काठमाडाैंबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडकमा एकतर्फी रुपमा गाडी चलेका छन्।
ट्राफिक प्रहरीकाअनुसार कुलेखानी नजिकै पहिरो खसेका कारण सडक एकतर्फी रुपमा सञ्चालन भएको हाे। तर बेलाबेला सडक माथिबाट ढुङ्गा खस्ने भएकाले जोखिम कायमै छ।
यस्तै निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ। लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको र पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ।