'ठेट्नो' चलाउने इञ्जिनियर भन्छन्- अनलाइनबाट मकै बेच्ने योजना बनाउँदैछु

सेतोपाटी

काठमाडौँ

समिक्षा अधिकारी

नेपालमै पहिलोपटक मकै पोल्ने मेसिन बनाएर 'ठेट्नो मकैघर' चलाएका इञ्जिनियर विपीन कँडेल लकडाउनको मारमा छन्। उनले छ महिनाअघि मात्र विस्तार गरेको शाखा बन्द गर्नुपर्‍यो। 

विपीनले गत वर्ष बानेश्वरको संगम चोकमा ठेट्नो मकैघर खोलेका थिए। नयाँ स्वाद चाख्न पल्किएका उपभोक्ताको घुइँचो लाग्न थालेपछि उनले शंखमुलमा शाखा थपे। त्यसलगत्तै कोरोना लकडाउन सुरू भयो।

व्यवसाय सुरू गर्दा आकलन गरिएको जोखिम अहिलेको परिस्थितिसँग मेल खाएन। यसले विस्तारित शाखा बन्द गर्नुपरेको उनको भनाइ छ।

'हामी कसैले पनि यस किसिमको जोखिम अनुमान गरेका थिएनौं,' उनले सेतोपाटीसँग भने, 'जोखिम अनुमान नभएपछि वहन गर्ने क्षमताबारे सोचिएन। अब एकले अर्कोलाई सहयोग नगर्ने हो भने एक जना पनि टिक्न सकिँदैन।'

प्रकाशित मिति: : 2020-06-26 08:03:11

प्रतिकृया दिनुहोस्