चीनद्वारा कब्जा गरिएको रुई गाउँ र ३३ हेक्टर जग्गाबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमाथि चीनलेको गतिविधिबारे सरकारको जवाफ माग गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उपसभापति निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा गरिएको बताए।

उनले लेखेका छन्, 'हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि  हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाक‍ो रुई गाउँ कब्जा, क‍ोरोनाबारे सहयोग र चिनियाँभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो।'

प्रकाशित मिति: : 2020-06-23 16:21:35

प्रतिकृया दिनुहोस्