ठगीको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ (भिडियाेसहित)

अष्ट्रेलियाको सिड्नीमा अनलाइनमार्फत स्थानीय वृद्धालाई ठगी गरेको आरोपमा एक जोडी युवा–युवतीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

प्रक्राउ पर्ने नेपाली युवा १९ वर्षको र युवती २१ वर्षकी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई पश्चिमी सिड्नीबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। 

प्रहरीले उनीहरुमाथि छलकपटपूर्वक पाँचौं दर्जा भन्दा बढीसँग पैसा असुल गरेको र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाएको छ।

दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ। तर अदालतले जमानत दिएन। अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ।

यसरी गरिएकाे थियाे ठगी

एक महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो। फोन गरेर उनीहरुले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो। पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए। महिलालाई उनीहरुमाथि शंका लाग्याे।

पैसा बुझाएपछि वृद्धा प्रहरीमा उजुरी दिन गइन्। त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो। उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए।

प्रहरीले उनीहरु बृद्धाको घरमा बाेलाए। पैसा लिन यिनै दुई नेपाली युवा र युवती पुगेका थिए। साेही ठाउँबाट उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गर्‍याे।

अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठगीमा परेकाहरु पीडितहरुको पनि पहिचान भइरहेको छ।

प्रहरीको प्रारम्भिक वयानअनुसार उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न देखिएको र यसैगरी बैंक खाता खोल्न लगाइ ठग्ने काममा लागेको पाइएको छ।

काम नपाइरहेको अवस्थामा अनलाइनमा सहजै पैसा कमाउन सक्ने प्रलोभनमा परेर कयैन विद्यार्थीले आफ्नो सम्पुर्ण कागजात जथाभावी अपलोड गर्ने र कुरै नबुझी काम गर्दा पनि यसरी फस्न सक्ने आइटीका एक विज्ञ बताउँछन्।

प्रकाशित मिति: : 2020-06-23 15:44:53

प्रतिकृया दिनुहोस्