चौरजहारी घटना : जातीय संहारको प्रश्न र हत्यासँग जोडिएका अन्य पक्ष

पहिलोपोष्ट

काठमाडौँ
  • विमल गौतम -

रुकुम पश्चिममा कुटपिट गरी छ जना युवा मारिएको खबरले देश स्तब्ध बन्यो। जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया कक्षा १० मा पढ्ने सुष्मा मल्ललाई बेहुलीको रूपमा भित्र्याउन जेठ १० गते १९ जना युवासहित गाउँ पुगेका थिए।

भविष्यमा देश निर्माणका विधाता बन्नसक्ने सम्भावना बोकेका युवाहरू नवराज विक, गणेश बुढामगर र टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको शव भेरी नदीमा भेटिएको थियो। प्रहरीले चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता गरिसकेको छ।

प्रकाशित मिति: : 2020-06-23 09:40:26

प्रतिकृया दिनुहोस्