कलैया उपमहानगरपालिका २३ बैराठपुरस्थित नयकाटोलमा सोमबार बिहान मिक्सचर मेसिन पल्टिँदा सहचालकको मृत्यु भएको छ ।
सप्तरीको सुरङ्गा नगरपालिका ९ निवासी अन्दाजी ३० वर्षीय मिक्सरका सहचालक उमाकान्त यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए ।
सहरी विकास योजना अन्र्तगत बाराको कलैया २३ मा नाला ढलान गर्ने क्रममा अचानक मिक्सचर मेसिन पल्टिँदा सहचालकको च्यापिएर मृत्यु भएको प्रहरी निरीक्षक कँडेलले जानकारी दिए । मेसिनका चालकलाई थप अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको छ ।