इग्लिस प्रिमियर लिगमा अन्तरगत आइतबार राति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ
उपाधि नजिक रहेको लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनसँग बराबरीमा रोकिएको हो।
मोहमद सलाहबिना मैदान उत्रिएको लिभरपुलले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा जितबाट बन्चित बनेको हो ।
एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले डिफेन्स र गोललाइन तोड्न सकेन।
लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । एभर्टनसँगको बराबरीले लिभरपुलले उपाधिको लागि अझै बाँकी दुई खेल कुर्नुपर्ने भएको छ ।
एभर्टनमाथि जित निकाल्न सकेको भए लिभरपुललाई च्याम्पियन बन्न थप एक खेलमा जित आवश्यकता हुने थियो ।
बराबरीसँगै लिभरपुलको ३० खेलबाट ८३ अंक रहेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २३ अंकले बढी हो । सिटीको ६० अंक रहेको छ ।
३८ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ ।