सात दिन, १४ सामग्री

हिमाल खबर

काठमाडौँ

११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।

'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।

हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।

 नक्शा प्रकरण : यस कारण वार्ताबाट भाग्न सक्दैन भारत

नेपालले वार्ताका लागि लिखित रूपमा गरेको आग्रहलाई भारतले कहिले ‘कोभिड–१९ को संकटपछि’ त कहिले ‘नेपाली राजनीतिक नेतृत्वले वातावरण बनाएपछि’ भन्ने शर्त राखेपछि नेपालले जे गर्नुपर्थ्यो, त्यही गरेको छ। अर्थात् आफ्नो सेना बस्दाबस्दै पनि भारत स्वयमले विवादित भनेर स्वीकार गरिसकेको नेपाली भूमिलाई समेटेर नेपालले आफ्नो नक्शा जारी गरेको छ। नक्शा प्रकरण सुल्झाउन वार्ताको आग्रह टार्दै नेपाललाई आफ्नो भूमि समेटेर नक्शा जारी गर्ने अवस्थामा पुर्‍याएको भारतले यो समस्याको समाधानका लागि वार्ताको टेबुलमा बस्नुको विकल्प छैन।
– विष्णु रिजालको विचार।

प्रकाशित मिति: : 2020-06-21 07:38:55

प्रतिकृया दिनुहोस्