स्वाब संकलनका ‘बादशाह’ : चुनौतीलाई अवसरमा बदलेर महामारीविरुद्ध मैदानमा

काेरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीसँगै नेपालमा भारतसँग सीमा जोडिएका तराईका जिल्ला ‘इपिसेन्टर’ बने । तराई क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिमसँगै काम गर्न भ्याइँनभ्याइँ छ ।

नेपालमा कोरोनाको शुरूआती चरणमा डर, त्रास र भयको वातावरणदेखि हालसम्म निधक्क क्वारेन्टीनमा बसेका व्यक्तिदेखि संकास्पद मृत्यु भएका व्यक्तिको पीसीआर जाँचका लागि निधक्क स्वाब संकलनदेखि आरडीटी जाँचमा खटिएका छन् स्वास्थ्यकर्मी । 

तिनैमध्येका हुन्, कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट सञ्जिवकुमार सिंह, महाराजगञ्ज नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अमरबहादुर पुन र लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ल्याब टेक्निसियन जीवलाल भुसाल । यी प्राविधिकहरू चुनौतीपूर्ण कामलाई अवसरका रुपमा लिएर कोरोना संक्रमण फैलिनबाट रोक्न र नागरिकलाई बचाउन सहजताका सेवामा खटिएका छन् । 

२०७१ सालमा पोखराबाट ल्याब टेक्निसियन (बीएमएलटी) उत्तीर्ण गरी चौथौ तहमा नाम निकालेर कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत सिंहलाई जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सानैदेखिको रुचि थियो । सिंहले स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टरदेखि स्वास्थ्यकर्मी केही काममा पछाडि हट्नुहुन्न भन्ने सोचाइ सधै राख्थे । 

 

विश्वभर तीब्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण गत चैतदेखि नेपालमा पनि देखिन थाल्यो । भारतमा संक्रमण तीब्र भएपछि तराईका जिल्लालाई सरकारले ‘रेड जोड’मा राख्यो । जोखिम बढेपछि कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले सिंहलाई काजमा नगरपालिकाको स्वास्थ्य शाखामा ल्याए । उनले चैत ९ गतेदेखि अदालतमा म्याद थपिएका थुनुवा, चोरी निकासीमा पक्राउ परेकाहरूको पनि नमूना संकलन गरी आरडीटी गर्न थाले । 

प्रकाशित मिति: : 2020-06-20 17:43:28

प्रतिकृया दिनुहोस्