'राम्रो' काम गर्न खोजिरहेका 'ब्याड' जोडी

सेतोपाटी

काठमाडौँ

समिक्षा अधिकारी

धूलो, मैलो, हिलो, फोहोर, खेल्न जानु हुन्न..हात नधोई केही कुरा त्यसै खानु हुन्न.. बाबुनानीले हो..बाबुनानीले..मिच्दै हात धुनू है साबुनपानीले..।

कोरोना भाइरसको औषधि बनिसकेको छैन। साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोगले भाइरस जोखिम कम हुने विश्व स्वास्थ्य संगठनले बताएको छ। तर, साना नानीबाबुलाई यो कुरा बुझाउन कहाँ सजिलो छ र! धूलो-मैलोमा खेल्न रूचाउने केटाकेटीको बानी सुधार्न सिन्धुली कमलामाई नगरपालिकाका दिपेश फुँयालले गजबको उपाय निकालेका छन्।

उनले नानीबाबुले गाउने भाकामै सन्देशमूलक गीत तयार पारेका छन्। माथिका हरफ उनैको गीतबाट लिइएको हो। यो गीत अहिले सामाजिक सञ्जालमा निकै रुचाइएको छ। लकडाउन सदुपयोग गर्दागर्दै जन्मिएको सिर्जनाले अहिले धेरैको मन जितेको छ।

'भिर्ने झोलामा' गीतबाट लय सापटी लिएको यो गीतले साना केटाकेटीलाई हात धुन र सफा रहन प्रेरित गरेको दीपेश बताउँछन्। नानीबाबुको आनीबानी बदल्न सिकाउने उद्देश्यले बनाइएको भिडिओमा बालबालिकाले नै अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2020-06-19 08:51:50

प्रतिकृया दिनुहोस्