मन्डेकाजीको उदार मन : सागको डबल स्वर्णबाट भएको आम्दानीबाट लकडाउनमा फसेकालाई सहयोग

पहिलोपोष्ट

काठमाडौँ

 मुकुन्द घिमिरे

मन्डेकाजी श्रेष्ठ अर्थात् गएको १३ औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण विजेता। यतिमै सीमित छैन उनको परिचय। नेपाल प्रहरी पनि हुन् उनी। र, पछिल्लो समय भने समाजसेवीका रुपमा चिनिएका छन्।

श्रेष्ठले कक्षा ६ मा पढ्दा नै कराते सिक्न सुरु गरे।

पछि प्रहरीमा जागिरे भए। र, दक्षिण एसियाली खेलकुदमा आफूलाई प्रमाणित पनि गरिछाडे।

लगत्तै कोरोनाको महामारी फैलियो। उनी होमिए समाज सेवामा। घर भक्तपुर। घरबाट बाहिर हेर्दा काठमाडौंबाट बाहिर जिल्ला हिँडिरहेका मानिसहरुको लस्कर देखे। खाली खुट्टै हिँडिरहेका मान्छेहरुलाई उनले प्रश्न गर्दा २/३ हिँडेपछि पुगिएला भन्ने जवाफ पाए। खिन्न भए उनी। त्यसैबेला सरकार खेलाडीहरुलाई पुरस्कार पनि दिएको थियो। अनि उनी टिमै नै बनाएर लागिपरे त्यसरी बाहिर जानेहरुलाई सहयोग गर्न।

प्रकाशित मिति: : 2020-06-18 08:07:40

प्रतिकृया दिनुहोस्