केपी ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल, पार्टीले विकल्प सोच्नुपर्छ

बाह्रखरी

काठमाडौँ

 रघुजी पन्त‘कुल’ र सालिन नेतामा गनिन्छन् । पछिल्लो समय उनको धैर्य टुटेको छ । पार्टी नेतृत्वविरूद्ध आक्रोश पैदा भएको छ । पीडाले आक्रान्त छन् उनी । पार्टी एकता भएको जेठ ३ गते दुईवर्ष पूरा भयो । एकताको म्यान्डेटअनुरूप महाधिवेशन भएर नयाँ गति र तरङ्ग सिर्जना भइसक्नुपर्ने थियो ।

तर, यो दुईवर्ष नेकपाले खेर फाल्यो । न एकता प्रक्रिया निष्कर्षमा पुग्यो, न पार्टीको राजनीतिक, वैचारिक, सैद्धान्तिक कार्यदिशा नै टुङ्गो लाग्यो । एकताका बेला दुईवटा पार्टीको विचार जोडजाड पारेर तय गरेको राजनीतिक कार्यदिशा कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो यसै भन्न सकिँदैन ।

पार्टी चलायमान नहुँदा सरकारको काम पनि प्रभावकारी बन्न नसकेको निष्कर्ष नेता–कार्यकर्ताले निकालेका छन् । यसबीचमा सरकार एकपछि अर्को कान्डमा फसेको छ । अहिले पार्टी पंक्तिको ध्यान कोरोनामा केन्द्रित गर्नुपर्ने छ । तर, एकाधबाहेक अधिकांश केन्द्रीय सदस्य बेरोजगार छन् । पार्टीका नेताहरू ‘कुहिराको काग’ बन्न पुगेको पन्तको निष्कर्ष छ ।

प्रकाशित मिति: : 2020-06-17 15:35:57

प्रतिकृया दिनुहोस्