फूलबुट्टाले सजिएको बजेटमा नारै–नारा !

लोकान्तर

काठमाडौँ

लखन चाैधरी

सुदूरपश्चिम प्रदेश सरकारले विगतकै निरन्तरता दिँदै पुनः नारै–नारा, अभियानै–अभियानको फूलबुट्टाले शृंगारपटार गरेर नयाँ बजेट ल्यायो ।

असार १ गते प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आव २०७७/२०७८ को प्रस्तुत बजेट विभिन्न अभियान, कार्यक्रम भन्दै १५ वटा बढी नारा शृंगारिएर ल्याएका हुन् ।

जुन नाराभित्र सांसद विकास तथा निर्वाचन क्षेत्र केन्द्रित निकै महत्त्वाकांक्षी योजना लुकेका छन्, अधिकांश वितरणमुखी एंव कार्यकर्तामुखी देखिएका हुन् । ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको प्रस्तुत बजेटमध्ये केही त पूरा नभएका तथा कार्यान्वयन नै नभएका पुरानै नारा पनि समावेश छन् ।

बजेटमा प्रदेशलाई औद्योगिकीकरणतर्फ उन्मुख गराउन संघीय सरकार र स्थानीय तहको सहकार्यमा प्रदेशभित्र सम्भाव्यता अध्ययनको आधारमा ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ स्थापना गरिने भनिएको छ । जसको लागि ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति: : 2020-06-16 17:56:57

प्रतिकृया दिनुहोस्