मजदुरको उद्दारभन्दा यतीको व्यापार ठूलो ! आपतमा परेका प्रवासीबाट दोब्बर भाडा लिएर हिमालय एयरलाइन्सलाई १२ करोडको बिजनेस

प्रतिस्पर्धा गराउनुपर्नेमा भागबन्डा लगाएर नेपाल एयरलाइन्सलाई २४ र यती समूहको हिमालय एयरलाइन्स १९ उडानसहित चर्को भाडा तय

रोजगारी गुमाएर अलपत्र परेका नेपालीको उद्धारका नाममा उनीहरूबाटै चर्को भाडा असुल्ने नीति लिएको सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई अपारदर्शी रूपमा बिजनेस वितरण गराएको छ । मजदुरले तिर्ने भाडामा कसले सस्तो दिन सक्छ भनेर प्रतिस्पर्धा गराउनुपर्नेमा सरकारले मध्यस्थता गरेर श्रमिकलाई मर्कामा पार्न लागेको छ । 

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई मात्रै होइन, यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई समेत विनाप्रतिस्पर्धा बिजनेस प्रदान गरेको छ । सरकारले गर्ने पहिलो चरणको उद्धारअन्तर्गत नेपाल वायुसेवा निगमलाई २४ उडान र हिमालय एयरलाइन्सलाई १९ वटा उडान गर्ने तयारी गरेको छ । तर, उडान केका आधारमा वितरण भयो भन्ने सरकारले स्पष्ट पारेको छैन । 

प्रकाशित मिति: : 2020-06-15 07:17:40

प्रतिकृया दिनुहोस्