महामारी, बन्दाबन्दी र जोखिममा मानसिक स्वास्थ्य

देशसञ्चार

काठमाडौँ

अहिले विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । त्यस्तो शायदै कुनै क्षेत्र छ जुन यस महामारीबाट प्रभावित भएको छैन । कोरोना संक्रमित र यसबाट ज्यान गुमाउनेहरुको संख्या उकालो लाग्ने क्रममै रहिरहँदा यस संक्रमण विरुद्ध प्रभावकारी उपचार अथवा भ्याक्सिनको विकास भने अझै भैसकेको छैन ।

अहिलेको यो अवस्थामा हामी धेरैको दैनिक क्रियाकलापहरू परिवर्तन भएका छन् । अरुबेला काम या जागिरबाट फुर्सद नै पाइएन भन्ने अधिकांश मानिसहरूमा यो बन्दाबन्दीको बेलामा भने समय कसरी कटाउने भन्ने दुविधा छन् । साथीभाइसँगको घुमघाम, रमाइलो र जमघट मात्र नभएर अन्य आवश्यकीय सेवासुविधा उपभोग पनि हामी धेरैको लागि कठिन बन्न पुगेको छ ।

धेरैजसो समय घरभित्र नै बन्द रहेर बस्नुपरेको यो समयमा कोरोना महामारीको सन्त्रास र अझ सामाजिक सन्जालमा फैलाइने अफवाहहरुले अधिकांश मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुराइरहेको कुरामा दुईमत छैन ।

प्रकाशित मिति: : 2020-06-14 12:42:49

प्रतिकृया दिनुहोस्