सुनीता साखकर्मी
गलामा पहेँलो रंगको इन्ची टेप झुन्डिएको छ। हातमा रातो रंगको मास्क छ। अचेल रामबहादुर तामाङ यस्तै मास्क सिलाउन लागि परेका छन्। ह्विलचेयरमै बसेर उनी मास्क सिलाउँछन्। रातो मास्कमा सेतो लोती राख्छन्।
उनले आफ्नै खर्चमा बनाएका मास्क साथीभाइलगायत, अस्पतालका अशक्त बिरामीसमेत गरी डेढ सय जना निःशुल्कलाई बाँडिसकेका छन्। स्पाइनल इन्जरी भएका उनी बनेपास्थित भोकेसनल अपरच्युनिटी फर इन्क्लुजन टु कम्युनिटी एन्ड इम्प्लोएमेन्टमा भोकेसनल ट्रेनरको रूपमा काम गर्छन्। उनी भन्छन्, “मास्क नपाएरै कोही कोरोना संक्रमित नहोस् भनेर निशुल्क वितरण गर्छु। सामान्य रोग र चोटले पनि गहिरो घाउ दिनसक्छ। त्यसैले रोग नै लाग्न नदिनु राम्रो हो।”