सरकारी जोडबलमा युवाहरुको आन्दोलन डिफ्युज गर्ने प्रयास, को थिए ती समातिएका विदेशी?

पहिलोपोष्ट

काठमाडाैं

सामाजिक सञ्जालबाट जोडिएका सरकारसँग असन्तुष्ट युवाहरूले केही दिनदेखि देशभर प्रदर्शन तथा विरोधका कार्यक्रम गरिरहेका छन्। उनीहरूले अहिले कोरोना सङ्क्रमणका बेला सरकारले देखाएको उदासिनता, अपारदर्शिता र भारतले हडेपेको भूमिको विषयमा प्रदर्शन गरिरहेका छन्।

जेठ २८ गते बालुवाटारमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप भएपछि सामाजिक सञ्जालको समूह झनै जुर्मुरायो। बालुवाटारपछि देशका मुख्यमुख्य शहरमा प्रदर्शन भएका छन्। सरकारको विरोधमा ठूलै जमात सृजना भएको थियो। फेसबुक र ट्विटरमा मात्र उफ्रिने भन्दै आरोप खेपेका युवाहरू यस पटक भने सडकमा नै उत्रिएर देखाए।

फेसबुकमा कोभिड-१९ 'इनफ इज इनफ' सृजना भयो। यही ग्रुपले आन्दोलनको लिड गर्दै गयो। मानिस फेसबुकमा जोडिँदै गए। आजसम्म फेसबुकमा मात्र १ लाख ७६ हजार मानिस जोडिसकेका छन्। अधिकांश युवा नै छन् यसमा। एकपछि अर्को असफलता हात पार्दै गएको सरकार युवा नै सडकमा उत्रिएपछि केही हच्कियो।

प्रकाशित मिति: : 2020-06-14 08:50:48

प्रतिकृया दिनुहोस्