हे आमा!
तिम्रो ममताको आँचलमा झुम्न नपाईं
तिम्रा हातका औला समाई, आँगनमा घुम्न नपाई
नियतीको पुरस्कार पायौ
मेरी आमा!
कस्तो अचम्म!
मन्द निन्द्रामा सुतेको जस्तो
तिम्रो त्यो अनुहारलाई नियाली रहेँ
ति. कोमल हातलाई समात्दै
एकान्तको ब्रह्ममुहूर्तमा
प्रश्न मात्र गरिरहेँ
के खानु हुन्छ आमा?
अपसोस्
मेरो प्रश्नले सन्नाटा बोकिसकेको रहेछ
केही बोल्ने रहर थियो होला
सान्त्वना र आशिर्वादका मालाले
मेरो गला सजाउने ठहर थियो होला
मात्र
मेरो हात समाई रह्यौ
निःशब्द नयनले ईसारा गर्दै
सदाको लागि आँखा बन्द गर्यौं!
आमा ....आमा .....आमा.... भन्दै
आवाज दिने प्रयास गरिरहे
तिम्रो छातीमा शीर राखी
अंकमाल गरिरहेको थिए
अचानक!!
मेरो होस उड्यो
हात, पाउ काम्न थाले
मुढुको तेज बड्यो
नयनबाट आँसुको धारा चल्यो, छाति जल्यो
सूकू़...सूकू.. र आमा भन्दै
रोदनको आवाजले जय पुरै घर ढाकिसकेको थियो
तब, तिम्रो ढुकुढुकी रोकिसकेको रहेछ आमा
दैवले कार्य गरिसकेको रहेछ आमा
हे आमा!
तिमी जननी
तिमी स्रष्टा सिर्जनाकी मूल हौ
तिमी जीवन भरी परिवारलाई
खुसि दिने फूल थियौं
तिमी ईश्वर तिमी देवी प्रकृति र माता हौ
तिमी देवी तिमी रमा र दाता हौ
आमा.. आमा तिमी जहाँ भए पनि शान्ति मिलोस्
तिम्रो आत्मले परमगती प्राप्त गरोस्!!
हार्दिक श्रद्धाञ्जली मेरी आमा
प्यारी आमा
म्यान्मा