विज्ञको सुझाव : कोरोना संक्रमणबाट सञ्चारकर्मी कसरी बच्ने ?

लोकान्तर

काठमाडौँ

डा. रवीन्द्र पाण्डे

कोरोना भाइरस संक्रमण महामारीको कारण अमेरिका, ब्राजिल, बेलायत, स्पेन लगायतका देशमा ५ मईसम्म ६४ जना पत्रकारको मृत्यु भएको छ भने हजारौं पत्रकार गम्भीर रुपमा संक्रमित भएका छन् । छिमेकी देश भारतमा सयौं पत्रकार संक्रमित भएका समाचार आइरहेको छ । नेपालमा पनि केही पत्रकार संक्रमित भएका छन् ।

स्वास्थ्यकर्मीजस्तै सञ्चारकर्मी पनि जोखिम वर्गमा पर्छन् । स्थलगत रिपोर्टिङदेखि नजिकको दूरीमा रहेर अन्तर्वार्ता लिनुपर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । संक्रमणबाट आफू बच्न, अन्य व्यक्तिलाई संक्रमण नसार्न तथा घरमा संक्रमण बोकेर नजानको लागि अत्यन्तै सतर्क रहेर आफ्नो काम गर्नु जरुरी छ ।

कोरोना रोकथामका ४ मन्त्र पत्रकारले पनि अवलम्बन गर्नुपर्दछ । बाहिर निस्कँदा सही तरिकाले सधै मास्क, चस्मा तथा पञ्जा लगाउने, हरेक अवस्थामा ६ फिटको भौतिक दूरी कायम गर्ने, सकभर भीडभाडमा नजाने तथा नियमित रुपमा हात धुने बानीलाई जीवनशैलीको अंग बनाउनु जरुरी छ ।

प्रकाशित मिति: : 2020-06-13 17:16:17

प्रतिकृया दिनुहोस्