बाँकेमा मल बिक्री शुरु

बाँकेमा आजबाट रासायनिक मलको बिक्री वितरण प्रक्रिया शुरु गरिएको छ। 

कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका कृषकका लागि मलखादको बिक्री वितरण प्रक्रिया शुरु गरेको हो। 

सो कम्पनीले ठेकेदारमार्फत भैरहवाबाट मल नेपालगञ्ज भित्र्याएको छ। ७३ मेट्रिकटन युरिया र ९७ मेट्रिक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकाले वितरण प्रक्रिया शुरु गरिएको कम्पनीका नेपालगञ्ज प्रमुख रमेश पौडेलले जानकारी दिए। 
 
धानखेतीका लागि अझै दुई हजार ४०० मेट्रिक टन युरिया र ७०० मेट्रिक टन डिएपी आवश्यक रहेको उनले भने। 

'लकडाउनका कारण कोलकातामा अलपत्र परेको १२ हजार ५०० मेट्रिक टन डिएपी भित्र्याउने प्रक्रिया शुरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगिसक्ने जनाइएको छ।

 युरियामल भने भारतको गुजरातमै रहेकाले आयातमा अझै समय लाग्ने बताउदैं शाखा प्रबन्धक पौडेलले भने, 'बाँकेमा वार्षिक छ हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ।'

जिल्लाका किसानलाई मल बिक्री वितरण गर्न दामासाहीका आधारमा सहकारीलाई जिम्मा लगाइएको शाखा प्रबन्धक पौडेलले जानकारी दिए।

 बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेडसँग आवद्ध १२० सहकारीमार्फत मल बिक्री हुँदै आएको छ। साल्टटे«डिङ कर्पोरेशनले ६६ सहकारीमार्फत मल वितरण गर्दै आएको छ।  

प्रकाशित मिति: : 2020-06-13 10:05:20

प्रतिकृया दिनुहोस्