वडा अध्यक्षको न्यायः चोरीको आरोपमा मुसहर युवाहरुमाथि लठ्ठी बर्साइयो !

रातोपाटी

काठमाडौँ

सरकार देशमा कानुनी राज्य छ भन्ने दाबी गर्छ । तर, सप्तरी जिल्लामा शुक्रबार घटेको एक घटनाले सरकारको दाबीमाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ । जनताबाट चुनिएका जनप्रतिनिधि कै अगुवाइमा कानुनी राज्यको धज्जी उडाइएको छ । चोरीको आरोपमा पक्राउ परेका युवाहरुलाई कानुनी कारवाहीको साटो भीडले सजाय दिइएको छ ।

सप्तरी जिल्लाको बेल्ही चेपना वडा नम्बर–४ का पाँचजना मुसहर समुदायका युवाहरु चोरीको आरोपमा पक्राउ परेका थिए । उनीहरुमाथि गाउँको स्कूल तथा अन्य किसानको खेतबाट पान्ने तान्ने मोटर तथा अन्य समान चोरी गरेको आरोप लागेको थियो । उनीहरुलाई पक्राउ गरी प्रहरीमा बुझाउनुको साटो वडा कार्यालयमा थुनेर राखियो । त्यसपछि वडा अध्यक्ष हेमनारायण साहको उपस्थितिमा चोरीको आरोपका फैसला गर्नका लागि बिहीबार दिउँसो पञ्चायती बसेको थियो । पञ्चायतीमा ती पाँचजना युवा दोषी देखिए । त्यसपछि वडा अध्यक्ष हेमनारायण साहले पक्राउ परेका प्रत्येक युवालाई बाँसको कर्ची (लठ्ठी) ले ११–११ पटक कुट्ने र दुईहजार ५०० नगद जरिवाना गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति: : 2020-06-13 08:14:58

प्रतिकृया दिनुहोस्