पर्साको कालिकामाई गाउँपालिका १ रविदासमा सार्वजनिक जग्गाको विषयलाई लिएर झडप हुँदा ३ जना घाइते भएका छन् ।
झडपको क्रममा ५५ वर्षीय बाबुलाल राउत अहिर गम्भिर घाइते भएका छन् भने २५ वर्षीय ममताज आलम र २० वर्षीय वृजमोहन यादव सामान्य घाइते भएका छन् ।
अध्यक्ष रामाशिष यादव लगायत स्थानिय बुद्धिजीवी समाजसेवीहरु बसेर छलफल गरी रहेको अवस्थामा स्थानिय लालबाबु चौरसिया, सुरज चौरसिया, परदेशी चौरसिया, रामनिवास चौरसिया लगायतले धर्मशाला निर्माणका लागि छुट्टाइएको जग्गा आफ्नो भएको बताउदै विवाद सृजना गरेपछि दोहोरो झडप भएको थियो ।
घाइतेहरुको पोखरीया अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइते बाबुलाल राउत अहिरलाई थप उपचारका लागि वीरगञ्जस्थित न्यूरो अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए।
झडपमा संलग्न लालबाबु चौरसियालाई नियन्त्रणमा लिएको र अन्य ४ जना फारर भएको प्रहरीले जनाएको छ ।